हिन्दु पत्रकार संघ पर्साको कार्य समिति गठन गरिएको छ ।
वीरगन्जमा आइतबार सम्पन्न पत्रकार हरूको भेलाबाट राजन रौनियारको अध्यक्षतामा हिन्दु पत्रकार संघ पर्सा जिल्ला कार्य समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा विनोद पटेल र विमला गुप्ता चयन भएका छन् भने सचिवमा राजकुमार सर्राफ र कोषाध्यक्षमा आनन्द पटेल रहेका छन् ।
त्यस्तै, सदस्यहरूमा अभिलाष गुप्ता, अर्जुन चौधरी, अनिल ओझा, सन्तोष कुशवाहा, सञ्जय कुशवाहा, रवि बर्णवाल, राकेश साह, राजु बैठा, रश्मिराज भण्डारी, अजय चौरसिया, त्रिलोकी पटेल लगायत रहेका छन् । भेलामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहान, मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा शाखा अध्यक्ष ओमप्रकाश खनाल, प्रेस चौतारी पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियनका अजय साह लगायत पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भेलामा वक्ताहरूले पत्रकार हरूको हकहित, पेशागत मर्यादा र संगठन सुदृढीकरणका विषयमा जोड दिएका थिए ।


