अपडेट 
२०७७ बैशाख १९, शुक्रबार १३:१९

पर्सा । वीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीको घरमा प्रहरीले छापा मारेको छ । वीरगन्ज–१४ मा राहत वितरणका लागि महानगरपालिका कार्यालयले पठाएको चामल डल्लो परेको, सडेको फेला परेपछि प्रहरीले मेयर विजय कुमार सरावगीको घरमा रहेको गोदाममा छापा मारेको हो । 

राहत वितरणका लागि पठाएको चामल सडेको फेला परेपछि समाजिक सञ्जालमा मेयर विजय सरावगीमाथि बिभिन्न किसिमको टिका टिप्पनी शुरु भएको छ । समाजिक सञ्जालमा आम नागरिकहरु मेयर विजय सरावगीमाथि कडा भन्दा कठा कार्वाहीको माग गरेको छन् । साथै मेयर विजय सरावगीले राजिनामा दिनुपर्नेसमेत माग गरेको छ । 

राहत वितरणका लागि महानगरपालिका कार्यालयले बुधबार वडा १४ का एक सय २५ जनाका लागि ९ सय ५० किलो चामल पठाएको थियो । लकडाउनमा गरिब, विपन्न, दैनिक ज्याला गरी खानेलाई वितरणका लागि आएको चामलको बोरा खोलेर छुट्टाछुट्टै प्याकिङ गर्ने क्रममा चामल डल्लो परेको, सडेको फेला परेपछि वडाध्यक्ष भरत कुर्मीले राहत वितरणमा रोक लगाएका थिए ।

अनुगमन समितिमा रहेका वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण र गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिले शिलबन्द बोराबाट चामलको नमुना संकलन गरेका थिए । तौल जाँच्नका लागि सुरज खाद्य उद्योगका बोरासमेत लगेको वडाध्यक्ष कुर्मीले जनाए । संकलित नमुनाको गुणस्तरण जाँच्न जनकपुर पठाइएको जनाएको छ ।

Comment


Related News

Latest News

Trending News