मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताएका छन् ।
सोमबार पदभार ग्रहण गर्दै सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढवा दिने समेत बताए । मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य भन्दै उनले प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।
संचारकर्मीहरुको जिज्ञासामा उनले प्रदेशलाई संविधान बमोजिम अधिकार नदिई एउटा संघियताको नाममा कर्पाेटिभ संस्थाको रूपमा बजेट खर्चको निगरानी गर्ने युनिटको रूपमा राखेको आरोप लगाए । उनले प्रदेश सभामा सुशासन कायम गर्दै लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउंदै संसदीय अभ्यासलाई सुदृढ बनाउने, विधायिकाको गरिमा उचाल्ने र विधि–प्रक्रियामा आधारित निर्णयलाई प्राथमिकता दिने प्रतिज्ञा गरे । उनले विषयगत समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरूमा गहिरो छलफल, संशोधन र सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाउनेमा लाग्ने बताउंदै विवादित रहेका प्रादेशिक भाषालाई मुद्दा बनाएर अघि बढाउने प्रतिबद्धता जनाउंदै उनले यसमा सबैले लाग्नु पर्नेमा जोड दिए ।
प्रदेशभामा चन्दन र तुलसीको विरुवा रोप्दै पदभार ग्रहण गरेका सभामुख यादवले प्रदेश सभामा कार्यरत मेस्तर तथा विपन्न कर्मचारीहरुलाई अत्यधिक बढदै गएको चिसोको दृष्टिगत गर्दै बैलेकेट प्रदान गरेका थिए । यसअघि उनी जनकपुरधामको मुजेलियास्थित शहीद गेटद्वारमा रहेका मधेशी शहीदहरुलाई माल्यार्पण समेत गरेका छन । माल्यार्पण गर्दै उनले यीनै मधेशी सपूतहरुको कारण देशमा संघीयताको आएको चर्चा गर्दै तिनीहरुको शहादतबाट प्राप्त संघीयतालाई बचाउन हरसम्भव प्रयासरत रहने बचनबद्धता जनाए ।


