२०८२ पुष ११, शुक्रबार १७:१५

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) सहित १३ कर्मचारीको सरुवा गरेको छ। गृह मन्त्रालयका अनुसार १२ जिल्लाका सीडीओका साथै कारागार व्यवस्थापन विभागका महानिर्देशक हेरफेर गरिएको हो।

नुवाकोटका सीडीओ शशीधर घिमिरेलाई भने कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। भोजपुरमा सहसचिव राजन पौडेल, पर्वतमा लक्ष्मीप्रसाद पौडेल, खोटाङमा रेखा कँडेल, प्युठानमा शान्तिराज प्रसाईं, लमजुङमा उमेश ढुंगाना, दोलखामा हरिप्रसाद घिमिरे, सिन्धुपाल्चोकमा रामकृष्ण अधिकारीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा तथा पदस्थापन गरिएको छ ।

तनहुँमा शिवलाल तिवारी, इलाममा लक्ष्मण ढकाल, कञ्चनपुरमा मदन कोइराला, नवलपरासी पश्चिममा दीपकराज नेपाल, सल्यानमा महेन्द्रकुमार सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ।

 

Comment

Related News

Latest News

Trending News