२०८२ पुष १२, शनिबार १९:२३

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभाको निर्वाचन सफल पार्न प्रमुख दलका शीर्षनेतासमक्ष आग्रह गर्नुभएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसंगको छलफलमा प्रधानमन्त्री कार्कीले राष्ट्रको भविष्य, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि निर्वाचनमा सहभागी भएर सफल पार्न आग्रह गर्नुभएको हो । प्रशासनिक काम–कारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै लागि रक्षाबाहेक अन्य मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाएको उहाले बताउनुभएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको जानकारी गराउनुभएको थियो ।

छलफलपछि कांग्रेस सभापति देउवाले सवै दलहरु चूनावमा जान तयार रहेको तर चूनावको वातावरण अझै नबनेकाले यसमा ध्यान दिन सुझाव दिएको बताउनुभयो ।

छलफलका क्रममा देउवा र प्रचण्डले पार्टीले निर्वाचनको तयारी गरिरहेको बताउनुभएको थियो भने एमाले अध्यक्ष ओलीले अझै पनि बिभिन्न चूनौति रहेकाले निष्पक्ष, भयरहीतरुपमा निर्वाचनको वातावरण बनाउन सुझाव दिनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । छलफलका क्रममा प्रधानमन्त्री र शीर्ष नेताहरुबीच चूनावमा जाने सहमति भएको उहाले बताउनुभयो ।

उहाले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै कुनै आशंका नगर्न आग्रह समेत गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News