२०८२ पुष १४, सोमबार १७:५९

महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को सङ्घ, प्रदेश र स्थानीय सरकारको एकीकृत वित्तीय विवरण पेस गरेको छ।

आज प्रतिवेदन महालेखानियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र महालेखापरीक्षक तोयम रायासमक्ष छुट्टाछुट्टै पेस गरेका हुन्।

सङ्घीय सञ्चित कोषको सञ्चालन र तीन तहका सरकारको एकीकृत वित्तीय विवरण तयार पार्ने जिम्मेवारी महालेखानियन्त्रक कार्यालयले गर्दै आएको छ।

कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश र स्थानीय सरकारको सञ्चित कोषमा रु एक खर्ब ८ अर्ब ९९ करोड ६ लाख ऋणात्मक रहे पनि नगद अवस्था रु एक खर्ब ४ अर्ब १३ करोड ८४ लाख धनात्मक रहेको जनाइएको छ। बजेट प्रणाली बाहिर रहेका विभिन्न कोषको मौज्दात रकम समावेश गर्दा नगद तथा बैंक मौज्दात रु एक खर्ब ८८ अर्ब ९४ करोड ५८ लाख धनात्मक रहेको देखिएको छ।

प्रतिवेदन नेपाल सरकारबाट स्वीकृत सार्वजनिक क्षेत्र लेखामान र महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरुप तयार पारिएको हो। यसमा सङ्घ, प्रदेश, स्थानीय सरकार र बजेट प्रणाली बाहिरका निकायका कानुनअनुसार तोकिएका विवरणहरू पनि समावेश गरिएको छ।

Comment


Related News

Latest News

Trending News