२०८२ पुष १७, बिहीबार १४:४१
भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहिर सञ्चारकर्मीसंगको कुराकानीमा जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जेनजी आन्दोलनको बिषयमा एमाले अध्यक्ष ओलीलाई बयानका लागि बोलाउन पत्र काट्ने तयारी भइरहेको बताउनुभएको हो । आयोगले बोलाउदा ओली उपस्थीत नभए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा कार्कीले “भोलीको कुरा भोली नै हुने” उल्लेख गर्नुभयो । त्यस्तै उहाले पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिसकेको जानकारी दिनुभयो ।
कार्कीले पछिल्लो समय थप गरिएको म्यादभित्रै आयोगले आफ्नो प्रतिवेदन बुझाउने दावी गर्नुभयो ।


