केहि जेनजी युवाहरुले जेनजी आन्दोलनमा भएका घटनालाई लिएर पक्राउ गरेका युवाहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले जेनजी आन्दोलनमा भएका घटनालाई लिएर हजारभन्दा बढी युवाहरुलाई गिरफ्तार गरिएको भन्दै उनीहरुलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । देशको परिवर्तनका लागि लडेका युवाहरु अहिले जेलमा बस्न बाध्य भएको र देशलाई बर्बाद पार्नेहरु खुलेहाम हिडिरहेको उनीहरुले बताएका छन् ।
पत्रकार सम्मेलनमा जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले जेनजी आन्दोलनले बलिदान गरेपनि वर्तमान सरकार जेनजीको हुन नसकेको बताउनुभयो । सडकमा आएर परिवर्तनका लागि लडेका हजारौ युवाहरुलाई वर्तमान सरकारले थुन्ने काम गरेको भन्दै उहाले आपत्ति जनाउनुभयो ।
उहाले वर्तमान सरकार जेनजीको भावनाबिपरित अघि बढेको भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गर्नुभयो ।
जेनजीको भावना अनुसार नयाँ सरकार गठन गर्नका लागि दवाव दिन केहिदिनमा आन्दोलन गर्ने भन्दै उहाले निष्कर्ष ननिस्केसम्म पछि नहट्ने बताउनुभयो ।


