२०८२ पुष २४, बिहीबार १९:३६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने बताउनुभएको छ ।

बिहीबार चितवनमा आयोजित सदस्य भेटघाट कार्यक्रममा लामिछानेले राजनीतिक प्रतिशोध लिएर अदालतको ढोकामा लगेर मुद्दा दर्ता गरेर संसदबाट सूचना टाँस गरेर फाल्दिने राजनीति रास्वपाले नगर्ने बताउनुभएको हो ।

उहाले अहिले चूनावको बिकल्प चूनाव नै रहेको भन्दै बन्द कोठामा बसेर निर्वाचन बिथोल्ने प्रयास नगर्न समेत चेतावनी दिनुभयो ।

बेथितिको अध्यायलाई अन्त्य गर्ने सवैभन्दा उत्तम माध्यम आगामी निर्वाचन नै भएको उहाले बताउनुभयो । लामिछानेले सामथ्र्य पुराएर देश लुट्नेहरुलाई विधि र प्रक्रियाको दायरामा ल्याउन रास्वपाले खुट्टा नकमाउने उल्लेख गर्नुभयो ।

उहाँले रास्वपाका नेता कार्यकर्ताहरु जिम्मेवार भएर प्रस्तुत हुन जरुरी रहेको समेत धारणा राख्नुभयो । लामिछानेले व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको स्वार्थलाई राखेर उम्मेदवार छनोट गर्ने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News