२०८२ पुष २५, शुक्रबार १८:३४

बारा जिल्लाको प्रसौनीमा प्रहरीले कारभित्र लुकाएर ओसारपसार गरिँदै गरेको २ किलोभन्दा बढी लागूऔषध अफिम बरामद गरेको छ। घटनामा संलग्न आरोपमा तीन जना पक्राउ परेका छन्।

विशेष सूचनाका आधारमा बिहीबार अपराह्न ४:३० बजे इलाका प्रहरी कार्यालय प्रसौनी बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पर्साको संयुक्त टोलीले प्रसौनी गाउँपालिका–१ नकटुवास्थित पतञ्जली क्षेत्रबाट नकटुवातर्फ जाँदै गरेको BR 01 CL 6079 नम्बरको कारलाई रोकी जाँच गरेको थियो।

जाँचका क्रममा कारको पछाडिको सिटमाथि राखिएको कालो प्लास्टिकभित्र २ किलो २४ ग्राम अफिम ९दुई पोका० फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। अफिमसहित कारमा सवार तीनै जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका–७ का ३८ वर्षीय निलेश पटेल कुर्मी, पर्सा वीरगञ्ज महानगरपालिका–११ का करिब ३२ वर्षीय जौवाद अहमद र पर्सा बिन्दावासिनी गाउँपालिका–२ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

प्रहरीका अनुसार बरामद अफिम र कार नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

Comment


Related News

Latest News

Trending News