२०८२ पुष २७, आईतवार १६:४९

एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धताबमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैँ जोडिराख्ने उद्देश्य राखेको छ ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पूरा गरी यो सिम अर्थात् प्याक लिएर यसको फाइदा लिन सक्छन् । आज शनिबार (पुस २६)बाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित मात्र २९९ रुपैयाँ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट ई–सेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’मा निःशुल्क पहुँच उपलब्ध छन् । यी सबै सेवा सुविधाहरू २८ दिनका लागि मान्य रहन्छन् ।

यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन्, जसअन्तर्गत प्रतिमिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रतिएमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्ने कम्पनीले बताएको छ ।

‘युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैँ कनेक्टेड रहन सहयोग पुर्‍याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरूको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पुर्‍याउने विश्वास लिएका छौँ,’ एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपांग दत्तले भने ।

युवा सिममा अर्को एक विशेषता पनि छ । यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र १९ रुपैयाँमा प्रदान पनि गर्दछ, जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यसले युवाहरूलाई सामाजिक सञ्जालको वृत्तमा सधैँ अपडेटेड रहन सहयोग पुर्‍याउँछ ।

युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेस गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।

यो प्याकले युवाहरूलाई उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभदरमा कनेक्टिभिटी सुनिश्चित गर्दछ । हरेक २८ दिनपछि सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्नका लागि ग्राहकहरूले २८ दिनको समयसीमा समाप्त हुनुअघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्न आवश्यक छ । यो प्याक एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर खरिद गर्न सकिने एनसेलले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News