जनता समाजवादी पार्टी(जसपा) नेपालका उपाध्यक्ष शिवलाल थापामगर नेतृत्वको समूह नेपाली कम्युनिस्ट पार्टी(नेकपा)मा प्रवेश गरेको छ ।
सोमबार नेकपा कार्यालय पेरिसडाडामा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाललगाएतका नेताहरुले शिवलाल थापामगर नेतृत्वको समूहलाई पार्टीमा समाहित गर्नुभएको हो । दुई पार्टीबीच एकीकरणको पाँच बुँदे सहमति भएको छ । त्यस्तै सोमबार नै मनिष लिम्बू हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टीलाई समेत नेकपामा समाहित गराइएको छ । लिम्बुवान क्रान्तिकारी पार्टीबीच एकताको दुईबुदे सहमति समेत भएको छ । दुई समूहलाई पार्टीमा भित्राउदै प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढ गर्दै समाजवादतिरको यात्रालाई अघि बढाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाले जेनजी आन्दोलनपछि मुलुकमा देखिएको असाधारण परिस्थीतिमा अझै एकताको औचित्य बढेर गएको उल्लेख गर्नुभयो ।
राष्ट्र निर्माणका साथै मुलुकमा देखिएको विदेशी चलखेललाई रोक्दै सुशासन कायम गर्न समान बिचार भएका र बामपन्थी दलहरु एकै ठाँउमा आएको उहाले बताउनुभयो । उहाले छिटै पार्टीमा ठूलो एकता हुन लागेको जानकारी समेत दिनुभयो ।


