२०८२ पुष २९, मंगलवार ११:३९

बारा प्रहरीले अदालतको आदेश कार्यान्वयन अभियानलाई तीव्र बनाउँदै फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले अदालतबाट दण्ड–सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका उनीहरूलाई लुकिछिपि बसेकै अवस्थामा सोमबार नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार जिल्ला अदालतबाट फैसला भइसकेका तथा चालु मुद्दामा वारदातपछि फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा पक्राउ परेकाहरूलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

पक्राउ पर्नेमा बैकिङ कसुर मुद्दामा एक करोड रुपैयाँ विगो तोकिएका श्री तामाङ रहेका छन्। ४० वर्षीय तामाङ सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–२ स्थायी ठेगाना भई हाल ललितपुरको इमाडोलमा बस्दै आएको खुलेको छ। उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

यस्तै, लागू औषध सम्बन्धी मुद्दामा जीतपुर सिमरा उपमहानगरपालिका–१६ का २७ वर्षीय उमेश भोलन पनि पक्राउ परेका छन्। उनी मुद्दा दर्ता भएदेखि नै फरार रहँदै आएका थिए।

त्यसैगरी, लेनदेन ९विगो० सम्बन्धी मुद्दामा बारागढी गाउँपालिका–६ की ६५ वर्षीया हलिया थरुनी पनि प्रहरीको फन्दामा परेकी छन्। उनलाई इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराले अदालतको आदेश कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादीहरूविरुद्धको खोजी तथा पक्राउ अभियानलाई अझ सशक्त बनाइने जनाएको छ।

Comment


Related News