२०८२ पुष ३०, बुधबार १५:१६

उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग पार्टी एकताको हल्ला निराधार भएको बताएका छन् । उज्यालो नेपालले कुनै पनि पार्टीसँग एकीकरण नगरी अघि बढ्ने उनको प्रष्टीकरण छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै घिसिङले यस्तो प्रष्टीकरण दिएका हुन् ।

उनले लेखेका छन्, ‘विभिन्न सामाजिक सञ्जालमा म अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र मेरो नाम जोडेर अन्य पार्टीहरू, विशेषगरी नेपाली कम्युनिस्ट पार्टी लगायतसँग एकीकरण हुन लागेको भन्ने हल्ला पूर्ण रूपमा भ्रामक र असत्य हो।’

उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको उनले बताएका छन् । भविष्यमा पनि त्यसैगरी अघि बढ्ने उनको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News