२०८२ माघ २, शुक्रबार ०८:५१

मैथिली भाषा, साहित्य, कला र नाट्य विधालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यसहित जनकपुरधाम साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८२ आयोजना हुने भएको छ ।

महोत्सव आगामी फागुन ५ देखि ८ गतेसम्म (१७–२० फेब्रुअरी २०२६) जनकपुरधाम– ८ स्थित मैथिली विकास कोषको ‘मैथिली भवन’ मा सञ्चालन हुन लागेको हो । महोत्सवका आयोजक तथा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले यो महोत्सव मनोरञ्जनको कार्यक्रम नभई मैथिली सभ्यता, पहिचान र सिर्जनात्मक चेतनाको उत्सव भएको बताए ।

‘नाटक, साहित्य र कला समाजको ऐना हुन् । यस महोत्सवमार्फत हामी मैथिली भाषा र संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउन चाहन्छौं,’ अध्यक्ष चौधरीले भने ।उनका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी नाटक मञ्चन, साहित्यिक गोष्ठी, कला प्रदर्शनी, कविता वाचन तथा सांस्कृतिक प्रस्तुति समावेश गरिनेछ ।‘अन्तर्राष्ट्रिय नाट्य समूहको सहभागिताले जनकपुरधामलाई विश्व रंगमञ्चसँग जोड्ने अवसर प्रदान गर्नेछ,’ उनले थपे । अध्यक्ष चौधरीले महोत्सव सफल बनाउन साहित्यकार, कलाकार, बुद्धिजीवी, विद्यार्थी तथा आम नागरिकलाई सहभागिताका लागि आमन्त्रणसमेत गरेका छन् ।

‘जनकपुरधामको सांस्कृतिक गरिमालाई विश्वसामु चिनाउने यो अवसर सबैको साझा प्रयासबाट मात्र सम्भव छ,’ उनको भनाइ छ ।महोत्सवले जनकपुरधामलाई साहित्य र नाट्यको केन्द्रका रूपमा स्थापित गर्नुका साथै स्थानीय कलाकारलाई अन्तर्र ाष्ट्रिय मञ्चमा चिनाउने विश्वास गरिएको छ ।

Comment


Related News

Latest News

Trending News