२०८२ माघ ४, आईतवार १०:५९

सिरहाको क्षेत्र नम्बर ४ का पूर्वसांसद एवम् पूर्वमन्त्री डा. वीरेन्द्र प्रसाद महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जनमत पार्टीबाटै उम्मेदवार बन्ने भएका छन् । उनलाई पार्टी अध्यक्ष डा. सिके राउतले पार्टी प्रवेश गराउँदै सिरहा–४ को टिकट दिएका छन् ।

२०७९ को निर्वाचनमा सिरहा–४ बाट जसपा नेपालका उम्मेदवार बनेका उनले २४ हजार १ सय २ मत प्राप्त गरेर विजयी भएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीबाट वीरेन्द्र प्रसाद साहले १६ हजार २ सय ९४ मत पाएका थिए । जसपा नेपालबाट विजयी महतो अशोक राई नेतृत्वको जसपामा गएर मन्त्री भएका थिए ।

यतिखेर भने उनी जनमत पार्टीमै प्रवेश गरेर उम्मेदवार भएका छन् । यो क्षेत्रमा जसपा नेपालले भने राजकिशोर यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

Comment


Related News