२०८२ माघ ८, बिहीबार ०८:२२

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रोचक प्रतिष्पर्धा हुने भएको छ । जहाँ ६/६ जना राष्ट्रिय अध्यक्ष नै चुनावी प्रतिस्पर्धामा उत्रेका छन् ।

नेपाली कांग्रेसका अध्यक्ष गगन थापा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, जनअधिकार पार्टीका अध्यक्ष डा. शरद यादव र आम जनता पार्टीका अध्यक्ष प्रभु साह चुनावमा होमिएका छ्न । तर सबैभन्दा बढी रोचक सर्लाही क्षेत्र नं. ४ जहाँ कांग्रेस सभापति थापा र रास्वपा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री संकल्पसहित अमरेश सिंहबीचको प्रतिस्पर्धा देखिन्छ । थापा पार्टी सभापति हुन भने सिंह पुरानो कांग्रेसीसहित आफ्नो पकड बनाएका नेता हो ।

उपेन्द्र यादवलाई सप्तरी ३ मा यस पटकको निर्वाचनमा हेभीवेट उम्मेदवार नभएकाले खासै असर नपर्ने देखिन्छ । तर पछिल्लो निर्वाचनमा प्रतिष्पर्धी जसपा नेपाल अध्यक्ष यादवभन्दा दोब्बर भन्दा बढी मत ल्याएर विजयी भएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई यस पटक असहज परिस्थिति रहेको देखिन्छ । उनी सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवार हुन ।

यहाँका उनका प्रतिष्पर्धी आफ्नै पार्टीका प्रवक्ता र मुख्यमन्त्रीसँग हुनेछ । परिवारवादको आरोप लगाउंदै पार्टीबाट अलग भई स्वाभिमान भन्ने छुट्टै पार्टी गठन गरेका पूर्व मुख्यमन्त्री सतिश सिंह, जनअधिकार पार्टीबाट प्रवक्ता डा. यादवसँग उनको प्रतिष्पर्धा देखिन्छ । यी बाहेक गत निर्वाचनमा प्रमुख प्रतिष्पर्धी रहेका जसपा नेपालबाट तत्कालिन माओवादी नेता उमेश यादवले पनि टक्कर दिने सम्भावना छ ।

यस पटकको निर्वाचनमा जनमत पार्टीको गढ मानिएको सप्तरी २ मा राउत, सिंह र यादवबीच त्रिकोणात्मक प्रतिष्पर्धा हुने देखिन्छ । हुनत प्रमुख राजनीतिक दल कांग्रेस, एमाले, नेकपा, जनअधिकार पार्टी र बालेन क्रेज भएका रास्वपाले पनि उम्मेदवार दिएका छन् । तर तिनीहरुले खासै असर पार्छ भन्ने त्यहाँको स्थानीयको बुझाई छ ।

यी तीनजना बाहेक निर्वाचनमा एमालेबाट मो. जियाउल रहमान, कांग्रेसबाट रामकुमार यादव, नेकपाबाट सुर्यनाथ यादव र रास्वपाबाट रामजी यादव उम्मेदवार छन् । गत निर्वाचनमा सारथीको रुपमा काम गरेका पूर्वमुख्यमन्त्री सिंह प्रदेश सभातर्फ सप्तरी क्षेत्र नम्बर २ (क) बाट १६ हजारभन्दा बढी मत ल्याएर विजयी भएका उम्मेदवार हुन् ।

जनमतको प्रवक्ता रहिसकेका डा. यादव पहिलो पटक निर्वाचन लड्दैछन् । तर उनले पनि राम्रै मत काट्न सक्ने सम्भावना छ । किनकी डा. राउतका सल्लाहकार र संगठन विस्तारका प्रमुख योजनाकारको रुपमा काम गरिसकेकाले जनमतमा उनको राम्रो पकड छ । उनीमाथि पार्टी भित्रैबाट दाई जयकान्त राउतलाई राष्ट्रिय योजना आयोग सदस्य र पार्टी वरिष्ठ उपाध्यक्ष, भाउजु बबिता इशर राउतलाई प्रदेश सांसदसहित उपसभामुख र पार्टी विशिष्ट उपाध्यक्ष लगायतका अन्य नातेदारहरुलाई तलब आउने विभिन्न निकायमा करार तथा अस्थायीमा नियुक्ति गरेको लगायतका आरोप लाग्दै आएको छ ।

डा. राउतमाथि पार्टीलाई परिवारमा सिमित राखेको आरोपले स्वाभिमान पार्टी, जनअधिकार पार्टी, सर्वोदय र जनस्वराज पार्टी सहित पांच टुक्रामा विभाजित भएका छन् । श्रीमति सोनी सिन्धु रानीसँग अदालतसम्म पुगेको घटनाले पनि चुनावमा असर पार्ने आंकलन गरिदैछ । प्रदेश सभा २ (क) मा राम्रो पकड बनाएका पूर्व मुख्यमन्त्री सिंहको छिन्नमस्ता, तिलाठी कोइलाढी, महदेवा र राजविराजसहित ४ पालिकाका १९ वटा वडामा उनले डा. राउतलाई राम्रै प्रभाव पार्नेछ ।

तर प्रदेश सभा २ (ख) जनमत पार्टीका महेश यादवको क्षेत्र भएकाले अन्य उम्मेदवारभन्दा बढी मत आउने सम्भावना देखिन्छ । जसपा नेपालबाट उम्मेदवार बनेका तत्कालिन माओवादी केन्द्रका नेता उमेश यादव पनि प्रमुख प्रतिष्पर्धीमध्ये एक रहने छ । उमेश यादवसँग सो क्षेत्रमा जसपा नेपाल, लोसपा नेपाल र माओवादी दुवैको संगठनको मत छ ।

पछिल्ला निर्वाचनमा प्रदेश सभा क्षेत्र २ (ख) बाट जनमत पार्टीकै महेश यादवसँग ७ हजार २३ मत ल्याई पराजित भएका थिए । हुनत यसअघि उनी २०७० सालको संविधान सभामा क्षेत्र नम्बर ३ बाट विजयी भइसकेका छन् । यी तीन उम्मेदवार बाहेक डा. राउतलाई अन्य प्रमुख दलले खासै पार्न नसक्ने अवस्था छ ।

कांग्रेसले रामकुमार यादवलाई उम्मेदवार बनाएका छन् । हुनत उनी पार्टी तत्कालिन जिल्ला उपाध्यक्ष हुन् । तर जनतामा खासै पकड रहेको छैन र उनी पहिलो पटक चुनाव लड्दैछन् । गत दुई दिनअघि मात्रै मधेशमा बढेको रास्वपा वरिष्ठ नेता बालेन शाहको क्रेजले पनि हेवीवेट उम्मेदवार नभएका कारण खासै नरहेको त्यहाँका स्थानीय नेताहरुको भनाई छ । रास्वपाले रामजी यादवलाई उम्मेदवार बनाएका छन् । ईन्जनीयर पेशाबाट उनी आबद्ध छन् ।

Comment


Related News

Latest News

Trending News