२०८२ माघ ८, बिहीबार ११:०७

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको मूल्य घटेको छ।

बुधबार प्रतितोला १० हजार चार सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ बिहीबार भने घटेको छ। उक्त दिन सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि  घटेको छ। बुधबार तोलामा पाँच हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार सात सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comment


Related News

Latest News

Trending News