उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफुले कुनै पदको बार्गेनिङ नगरेको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफु रवि लामिछानेलाई सभापति र बालेन शाहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासंग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सहि नभएको बताउनुभएको हो ।
पार्टी व्यवस्थापनका बिषयमा आफुले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उहाले बताउनुभयो । उहाले सो समयमा समानुपातीक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दावी गर्नुभयो । तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढि उम्मेदवार उठाउने प्रस्ताव आफुहरुले गरेको उहाले बताउनुभयो ।
उहाले आफुले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने बिषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफु आश्चर्यचकित भएको उल्लेख गर्नुभयो ।
घिसिङले उज्यालो नेपाल पार्टीसंग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गर्नुभयो । आगामी चूनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उहाको भनाइ छ ।


