२०८२ माघ १२, सोमबार ०७:२१

पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार जनकपुरधाम आएका छन् । पूर्व राजा शाह जनकपुरधामस्थित यात्री निवासमा बासको व्यवस्थापन गरिएको छ ।

आइतबार साँझ काठमाण्डुबाट आइपुगेका पूर्व राजा शाहको निर्वाचनको मुखमा भएको जनकपुरधाम भ्रमणलाई अर्थपूर्ण लिएको छ । केही दिन अघि रास्वपाले जनकपुरधाममा गरेको चुनावी सभामा सहभागी हुन काठमाण्डुका निवर्तमान मेयर बालेन्द्र साह बालेन, रवि लामिछानेलगायतका नेताहरु रहेकै एक होटेलमा पूर्व राजाका छोरा पारस शाहसमेत सोही होटेलमा बास बसेका थिए ।

विश्वसनीय स्रोतका अनुसार सो क्रममा उनीहरु बीच महत्वपूर्ण भेटघाटसमेत भएको थियो । सो भेटघाट हुनु अघि माघ २ गते नै पूर्व राजा आउने निर्धारित कार्यक्रम स्थगित भएको थियो । त्यसपछि उनी आइतबार जनकपुरधाम आइपुगेका छन् । भने अहिले पारस भने जनकपुरधाममा छैनन् ।

यता पूर्व राजा शाहले सोमबार दिउँसो जानकी मन्दिरमा पूजाअर्चना गर्ने, राम मन्दिर दर्शन, विशिष्ट समर्थकहरुसंग भेटघाट गर्नेलगायतका कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता प्रकाश राणाले जानकारी दिएका छन् । उनी जानकी मन्दिरको पूर्वगेटबाट प्रवेश गरी पूजाअर्चना गर्ने छन् भने दक्षिण गेटबाट बहिर्गमन हुने कार्यक्रम तय भएको छ ।

सो क्रममा उनका समर्थक तथा शुभचिन्तकहरुले माला तथा पुष्पगुच्छाले स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए । राप्रपा धनुषाका जिल्ला अध्यक्ष रामचन्द्र यादवले पूर्व राजा शाहको स्वागत तथा व्यवस्थापन आफूहरुले पार्टीगत रुपमै गर्ने बताए ।

Comment


Related News

Latest News

Trending News