२०८२ माघ १३, मंगलवार ०७:५६

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रतिनिधिसभा सदस्य उम्मेदवार पुनम यादवलाई विजयी गराउन पार्टीले संगठित रूपमा चुनावी सक्रियता तीव्र बनाएको छ । कटहरियामा सोमबार आयोजित बृहत् कार्यक्रममार्फत नेताकार्यकर्ताले चुनाव केन्द्रित जिम्मेवारी बाँडफाँड गर्दै “यसपटक जित सुनिश्चित गर्ने” प्रतिबद्धता जनाएकी छन् ।

उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य वाहिद अन्सारी र कमल यादवको विशेष उपस्थिति रहेको थियो । उनीहरूकै संयुक्त संयोजनमा ५०५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको घोषणा गरिएको छ । यसका साथै क्षेत्रीय, नगर र वडा स्तरसम्म परिचालन समिति विस्तार गरिएको र हजारौं युवालाई समेटेर मतदाता सुरक्षा समिति समेत गठन गरिएको नेताहरूले बताएका छन् ।

“जेन– जी पुस्ताकी प्रतिनिधि उम्मेदवार” कार्यक्रमलाई सम्बोधन गर्दै नेताहरू अजय तिमलसिना, रामभरोस यादव, बुधाई खान, रामाबिनोद साह, भुवन रेग्मी, नसरुदिन अन्सारी लगायतले पुनम यादवलाई “जेन जी पुस्ताकी महिला तथा युवा प्रतिनिधि उम्मेदवार” का रूपमा प्रस्तुत गर्दै अन्य उम्मेदवारभन्दा फरक दृष्टि र ऊर्जा भएको दाबी गरे ।

उनीहरूले भने, “अब पुराना अनुहारले होइन, नयाँ सोच र युवा नेतृत्वले क्षेत्रको समग्र विकास सम्भव छ ।” मल कारखानादेखि रोजगार ीसम्मका योजना नेताहरूले फतुवा विजयपुर नगरपालिका क्षेत्रमा अर्गानिक मल उत्पादन उद्योग स्थापना भइसकेको जानकारी दिँदै आगामी भदौ–असोजसम्म युरिया र डीएपी उत्पादन सुरु हुने दाबी गरे ।

उक्त उद्योगबाट १० लाख मेट्रिक टन उत्पादन लक्ष्य राखिएको र करिब ५ हजारलाई रोजगारी सिर्जना हुने दाबी गरिएको छ । त्यसैगरी किसानलाई राहत, शिक्षा–स्वास्थ्यमा सुधार, ग्रामीण क्षेत्रलाई शहरी पूर्वाधारसँग जोड्ने योजना र किसान पेन्सन जस्ता विषयलाई समेत कार्यक्रममा प्राथमिकताका साथ उठाइएको थियो । “मैले जिम्मेवारी इमान्दारीका साथ पूरा गर्छु” – पुनम यादव उम्मेदवार पुनम यादव ले आफू यस क्षेत्रकी छोरी र बुहारी दुवै भएको बताउँदै मतदातासँग भावनात्मक अपिल गरिन् । उनले भनिन्, “पार्टीले दिएको जिम्मेवारी म इमान्दारीपूर्वक पूरा गर्नेछु। कसैको अगाडि नझुक्ने अठोटका साथ मैदानमा उत्रिएकी छु ।”

उनले विजयी भएमा १५ हजार युवालाई रोजगारी, अन्तर्राष्ट्रिय लगानीमा ठूला उद्योग, सुविधा सम्पन्न अस्पताल, विद्यालय तथा क्यान्सर अस्पताल स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । “कम्युनिस्टको नाममा धोका दिनेहरूसँग सचेत रहनु” वक्ताहरूले विगतमा कम्युनिस्टको आवरणमा निर्वाचित भई क्षेत्र र पार्टीलाई धोका दिने नेताहरूबाट सचेत रहन आग्रह गरे । उनीहरूको भनाइ थियो, “अब पार्टीको नाम बेचेर व्यक्तिगत स्वार्थ पूरा गर्नेहरूको राजनीति चल्दैन ।

कार्यक्रमको अन्त्यमा नेताहरूले आगामी माघ २१ गते हुने निर्वाचनमा ‘एक तारा’ चुनाव चिह्नमा मतदान गरी पुनम यादवलाई विजयी गराउन क्षेत्रवासीसँग अपिल गरेका थिए । नेकपाले रौतहट–३ लाई पुनः कम्युनिस्ट गढका रूपमा स्थापित गर्ने लक्ष्यसहित घरदैलो, टोलभेला र युवा परिचालन अभियानलाई तीव्र बनाउने जनाएको छ ।

उक्त कार्यक्रममा नेकपाका नेताहरु छोटेलाल चौधरी, राधांमोहन यादव, रमाकान्त चौरसिया, ध्रुव गिरी, लालबाबु साह, सुरेन्द्र यादव, अशोक यादव, इदरिस सिद्दिकी, कृष्ण पोखरेल, शिवजी साह, वाइसिएल अध्यक्ष कमला पाण्डे, लगायत केन्द्र, प्रदेश जिल्ला क्षेत्र स्तरका सैयौं नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News