२०८२ माघ १३, मंगलवार १०:३७

राष्ट्रियसभाको बैठक आज (माघ १३) बस्दै छ । दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने तय छ । १९औँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो ।

बैठकमा चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गरिनेछ । समितिका सभापति तुलसाकुमारी दाहालले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभामा पेस गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News