२०८२ माघ १४, बुधबार ०८:३२

बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीह गाउँमा आज बिहान भएको साङ्घातिक आक्रमणमा एकै परिवारका दुई जनाको ज्यान गएको छ । घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

बिहान करिब ३ बजेतिर अज्ञात समूह घरमै पसेर स्थानीय जगरुप महतो धानुकको परिवारमाथि धारिलो हतियार बाट आक्रमण भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा डीएसपी विजयराज पण्डितका अनुसार धारिलो हतियार प्रहारबाट ५२ वर्षीया एक महिला र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका अन्य तीन जना परिवारका सदस्यहरूको एलएस न्यूरो लगायत अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको र संलग्न व्यक्तिको खोजी तीव्र बनाइएको प्रवक्ता पण्डितले जानकारी दिएका छन् ।

बारा प्रहरीले घटनाको कारण खुल्न र थप विवरण आउन बाँकी रहेको भन्दै दोषीलाई चाँडै कानुनी दायरामा ल्याउने जनाएको छ।

Comment


Related News

Latest News

Trending News