२०८२ माघ २०, मंगलवार ०७:३९

धनुषा १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृका यादवले भदौ २४ गते देशीविदेशीको हस्तक्षेपले आन्दोलनको नाममा विध्वंश मचाइएकोले त्यसले निर्वाचनमा पनि अपराधिक गतिविधि हुन सक्ने संकेत गरेको बताएका छन् ।

टुडे सहकर्मीसँग कुरा गर्दै यादवे भने, २३ गतेको आन्दोलन जायज मागका लागि थियो । तर भदौ २४ गते जुन रुपले देशमा आगो लगाई विध्वंश मचाइयो, त्यसले आन्दोलनको नाममा नेपाललाई ध्वस्त पार्ने गरी देशीविदेशीले हस्तक्षेप गरेको प्रष्ट देखिन्छ । यसले निर्वाचनमा पनि असर पार्ने आशंका रहेको छ । ती आन्दोलनमा प्रहरी प्रशासनको भूमिका र ती आन्दोलनमा खुलेर नै सहयोग गरेकाहरु अहिले नयाँ दलको नाममा उभ्रेर आएकाले तिनीहरु देशमा विध्वंश मचाउने झै निर्वाचनको क्रममा प्रहरी प्रशासनलाई प्रभावमा पारेर बुथ कब्जा, मत छाप्ने लगायतका क्रियाकलाप गर्न सक्नेछ । त्यसलाई रोक्न आफूहरु सजग छौं र जनताहरु समेत त्यस्ताबाट सचेत हुन जरुरी छ । ‘अहिलेको निर्वाचन प्रतिक्रियावादी शक्ति र देश बनाउने संघीयता तथा गणतन्त्रवादीहरुबीच रहेकाले जनताको मत नै निर्णय गर्नेछ ’ उनले भने, जनताले देश बचाउनमै सही निर्णय गर्नेछ भन्नेमा म विश्वस्त छु ।

Comment


Related News

Latest News

Trending News