२०८२ माघ २०, मंगलवार १७:५५
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरेर उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न कार्यविधि जारी गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसार बैंक खाता सञ्चालन तथा व्यवथापन कार्यविधि २०८२ आजै जारी भएको हो । सो कार्यविधि अनुसार उम्मेदवारको बेग्लै बैंक खाता र राजनीतिक दलको पनि बेग्लै खाता खोलेर प्रचार प्रसारको खर्च विवरण देखाउनुपर्नेछ ।
आयोगले सबै कारोबार नेपाली मुद्रामा गर्नुपर्ने,उम्मेदवारले पाउने स्वेच्छिक आर्थिक सहयोग पनि २५ हजार रुपैयाभन्दा माथि बैंक खातामार्फत नै लिनुपर्नेलगायतका व्यवस्था गरिएको छ ।


