२०८२ माघ २३, शुक्रबार ११:४९

नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। बैरगनिया बजार नजिक गुवाबारी घाट क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०को २०औँ बटालियन र कुन्डवा चैनपुर प्रहरीको संयुक्त टोलीले कारबाही गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

सुरक्षा निकायका अनुसार नियमित जाँचका साथै प्राप्त गोप्य सूचनाको आधारमा सञ्चालन गरिएको विशेष अपरेशनका क्रममा पल्सर मोटरसाइकलमा सवार एक संदिग्ध युवकलाई रोकी जाँच गर्दा दुई थान घरेलु पेस्तोल र चार थान जिउँदा गोली बरामद गरिएको हो।

पक्राउ पर्ने व्यक्ति भारत, बिहार राज्यको पूर्वी चम्पारण जिल्ला अन्तर्गत कुन्डवा चैनपुरका ३६ वर्षीय मोहम्मद इम्तियाज रहेको जनाइएको छ। उनी सीमावर्ती क्षेत्रमा अवैध गतिविधिमा संलग्न रहँदै आएको आशंका सुरक्षा स्रोतले व्यक्त गरेको छ।

फुलवरिया घाट हुँदै हतियार ओसारपसार भइरहेको सूचनापछि एसएसबी निरीक्षक आलोक कुमारको नेतृत्वमा खटिएको टोलीले बिहीबार राति गुवाबारी अफिस घाट आसपासबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। अगामी फागुन २१ गते हुने निर्वाचनको समय नजिकिँदै जाँदा सीमावर्ती आवतजावतमा नेपाली सुरक्षाकर्मीले सुरक्षा सतर्कता थप कडा बनाउनुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन्।

 

Comment


Related News

Latest News

Trending News