२०८२ माघ २४, शनिबार १३:१९

वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उहाँको आज बिहान निधन भएको हो ।

काठमाण्डौको शंखमुलमा रहेको अपार्टमेन्टमा बस्दै आएका थापा गएराति अस्वस्थ भएपछि थापाथलीमा रहेको नर्भिक अस्पताल लगिएको थियो । उहाँलाई हृदयघात भएको अस्पतालले जनाएको छ । थापाको शवलाई अहिले अस्पतालमै राखिएको छ ।

६८ वर्षीय थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय हुनुहुन्थ्यो । नेपाली चलचित्र क्षेत्रमा ‘खलनायक’ को भूमिका धेरै रहेका उहाँ ‘राते काइला’ को रुपमा पनि चिनिनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News