२०८२ माघ २४, शनिबार १८:५८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले आफू अबको दस वर्ष मात्रै सक्रिय राजनीतिमा रहने घोषणा गरेका छन् ।

शनिबार जनकपुरधाममा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता झाले निश्चित समयपछि नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताए ।

उनले आफू भविष्यमा नयाँ पुस्ताको राजनीतिक मेन्टर र गाइडको रूपमा रहने स्पष्ट पारे । समयमै राजनीतिक पुस्तान्तरण हुन सके नेपालको राजनीति आफैँ सुध्रिने उनको तर्क थियो ।

कार्यक्रममा प्रवक्ता झाले रास्वपाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लागू गर्ने पनि बताए । उनका अनुसार पुरानो सोच र शैलीलाई क्रमशः विस्थापित गर्दै नयाँ पुस्तालाई जिम्मेवारी दिनु नै मुलुकको राजनीतिक सुधारको मुख्य आधार हो ।

Comment


Related News

Latest News

Trending News