नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि महोत्तरी ३ का उम्मेदवार जनताको समस्या पर्दा सधैं अगाडि रहने प्रतिबद्धता जनाएका छन् ।
जलेश्वर नगरपालिका–९ का वडाध्यक्ष हुँदा सीमित बजेटमै पनि राम्रो काम गरेको दाबी गर्दै जनताले आफूलाई फेरि विश्वास गर्ने उनले अपेक्षा व्यक्त गर्दै भारी मतले विजयी हुने दाबी गरेका छन् ।
प्रचार प्रसारको क्रममा उम्मेदवार सिंहले नेकपा एमाले नै देश विकास र स्थायित्वको प्रमुख शक्ति भएको दाबी गर्दै विगतका सरकारले गरेका कामहरूको उदाहरण दिँदै एमालेले देश र जनताको हितमा धेरै ठोस काम गरेको बताए । महोत्तरी ३ मा प्रमुख दलका उम्मेदवार मध्ये प्रतिष्पर्धी उम्मेदवार रहेको सो क्षेत्रमा मानिएको छ ।
सिंह पार्टीको इलाका सचिवमा ३ कार्यकाल काम गरिसकेको छ भने जिल्ला कमिटीमा १० वर्षसम्म संगठन विभाग प्रमुखमा सक्रिय भूमिका निर्वाहसहित काम गर्दै आएको छ । हाल दुई कार्यकालदेखि मधेश प्रदेश समितिमा काम गर्दै आएको सिंह तीन पटक महाधिवेशन प्रतिनिधि समेत रहिसकेका छन ।


