धनुषाको लक्ष्मिनियाँ गाउँपालिका वडा नम्बर १ अरेरवामा स्यालको आक्रमण गर्दा आधा दर्जन बढी स्थानीय गम्भीर घाइते भएका छन् ।
आइतवार दिउँसो करिब १ बजेदेखि ३ बजेको बीचमा स्यालले एकपछि अर्को गर्दै आक्रमण गरेको जनाइएको छ । आक्रमणमा परी लक्ष्मीनियाँ गाउँपालिका–१ का ६५ वर्षीय चन्देश्वर यादव, लक्ष्मिनियाँ गाउँपालिका–२ का १७ वर्षीय अनिल यादव, सोही स्थानका संतोष यादव तथा ५० वर्षीय प्रगास मण्डल घाइते भएका छन् ।
घाइतेहरूको शरीरको विभिन्न भागमा स्यालले टोकेको बताइएको छ। पहिचान नखुलेकी एक महिलाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । बाँकी घाइतेहरूको उपचार जनकपुर प्रादेशिक अस्पतालमा भइरहेको छ ।
घटनापछि स्थानीयवासी त्रसित बनेका छन् भने स्याल नियन्त्रण तथा खोजीका लागि पहल भइरहेको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी बुझिएको छ ।



