२०८२ माघ २६, सोमबार ०८:०३

नक्सा स्वीकृत नगरी निर्माण गरिएका तथा स्वीकृत नक्सामा हेरफेर गरी बनाइएका घर÷भवनहरूलाई जनकपुरधाम उपमहानगरपालिकाले नियमित तथा अभिलेखीकरण गर्ने प्रक्रिया सुरु गरेको छ ।

उपमहानगरपालिकाले सूचना जारी गर्दै माघ २५ गतेदेखि वैशाख २५ गतेसम्म तीन महिनाभित्र आवश्यक कागजातसहित निवेदन दिन आग्रह गरेको छ । सो अवधिभित्र निवेदन नदिने भवनधनीको हकमा कुनै कारबाही नहुने जनाइएको छ । गत असार ३० गते सम्पन्न १३ औँ नगरसभाको निर्णयअनुसार सो कार्य अघि बढाइएको हो ।

उपमहानगरपालिकाभित्र प्रचलित कानुनबमोजिम नक्सा पास नगरी बनाइएका वा स्वीकृत नक्सामा परिवर्तन गरी निर्माण गरिएका संरचनालाई कानुनी दायरामा ल्याउने उद्देश्यले अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । सूचनाअनुसार भवन नियमित गर्न जग्गाधनी प्रमाणपूर्जा, घरजग्गा कर तिरेको रसिद, नागरिकता, नापी नक्सा, इन्जिनियरको प्रमाणपत्र, साइट प्लान, घरको फोटो, फुटप्रिन्टलगायत कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

साथै बाटो प्रष्ट नभएको अवस्थामा वडा कार्यालयको सिफारिस समेत आवश्यक पर्नेछ । संस्थागत भवनका लागि उद्योग तथा कम्पनी दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, संस्थाको निर्णयलगायत थप कागजातसमेत बुझाउनुपर्ने व्यवस्था गरिएको छ । उपमहानगरपालिकाका अनुसार तोकिएको समयसीमा नाघेर आएका निवेदनमाथि कुनै प्रक्रिया अघि बढाइने छैन । यससम्बन्धी थप जानकारीका लागि भू–उपयोग तथा भवन निर्माण इजाजत शाखामा सम्पर्क गर्न उपमहानगरपालिकाले भनेको छ ।

Comment


Related News

Latest News

Trending News