२०८२ माघ २८, बुधबार ०८:०३

मिथिलाञ्चलको महाकुम्भ मानिएका मिथिला मध्यमा परिक्रमको तयारी बारे जनकपुरधाममा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

फागुन ४ गतेदेखि धनुषाको मिथिला विहारी नगरपालिकाको मिथिला विहारी मंन्दिरवाट मध्यमा परिक्रमा हुनेछ । मिथिला विहारी अर्थात भगवान् श्रीराम तथा जनकपुरधामको अग्निकुण्डवाट किशोरी जी अर्थात माता सीताको डोला उठेर जनकपुरधामको हनुमान गढीमा विश्राम गरेर परिक्रमाको विधिवत शुरुआत हुनेछ ।

परिक्रमाको विविध पक्षका विषयमा सरोकारवालाहरुको सहभागितामा जिल्ला प्रशासन कार्यालय धनुषाको आयोजनामा मंगलवार सम्पन्न सर्वपक्षीय वैठकबाट परिक्रमालाई अन्य वर्ष जस्तै सभ्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ । फागुन २० गतेसम्म चल्ने हुने मध्यमा मिथिला परिक्रमामा नेपाल भारतका लाखौं भक्तजनहरु सहभागि हुने भएकाले निर्वाचन आचार सहितामा असर नपर्ने गरि परिक्रमलाई पूर्ण रुपमा सफल बनाउने निर्णय भएको छ ।

नेपालको ११ र भारतको ४ गरेर १५ पडाव स्थल रहेको र १५ दिन लगाएर परिक्रमाका तीर्थयात्रीहरु खाली खुट्टा १ सय ३३ किलोमिटरको दूरी तय गर्ने गरेको छ । खास गरेर प्रतिनिधि सभाको निर्वाचनका कयरणले बन्द हुने नेपाल भारतको सीमा नाकावाट परिक्रममा सहभागिताका लागि आउने भारतीय तीर्थयात्रीलाई सहज तरिकाले घर फर्किनका लागि सुरक्षा समन्वय गरेर व्यवस्थापन गरिनका लागि सहभागिहरुले प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेललाई सुझाव दिएका छन् ।

वैठकमा बोल्दै जानकी मंन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले चुनावका कारणले बन्द रहने सीमा नाकावाट भारतीय तीर्थयात्रीलाई आउँ जाउँका लागि सहजता प्रदान गर्न सम्बन्धित निकायले सरोकारवालासँग छलफल गर्न आग्रह गरे । यस्तै लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रविन्द्र दास वैष्णवले परम्परा देखि चल्दै आएको मध्यमा मिथिला परिक्रमाको गरिमा कुनै पनि हालतमा घट्न नदिने तर्फ ध्यान दिन जरुरी रहेको बताए ।

अध्यक्षको आसनवाट धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले मध्यमा मिथिला परिक्रमालाई भव्यता दिनका लागि सवै निकायहरुवाट सकारात्म भूमिकाको आशा व्यक्त गर्दै सुरक्षा व्यवस्थामा कुनै चुक हुन नदिने प्रतिबद्धता जनाए ।

Comment


Related News

Latest News

Trending News