२०८२ फाल्गुन १, शुक्रबार ०८:२०

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि धनुषा क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार परमेश्वर साहको घरदैलो अभियान तीव्र रुपमा अघि बढिरहेको छ ।

निकै रोचक मानिएको यस क्षेत्रमा जसपाको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ । जसपा जनकपुरधामका नगर सचिव प्रशान्त झाले पार्टीको जित निश्चित रहेको बताएका छन् । उनले भने, “मन मे छाता, मत मे छाता,” भन्दै मतदातालाई छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे ।

जसपाले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा प्रस्तुत गरिरहेको जनाएको छ । जसपाको संगठन र अन्य दलको समेत अप्रत्यक्ष रुपमा भइरहेको सहयोग र मतदाताको समर्थनले जसपा नेपालका उम्मेदवार प्रतिष्पर्धामा अगाडि रहेको उनको भनाई छ ।

Comment


Related News

Latest News

Trending News