२०८२ फाल्गुन ३, आईतवार १२:३२

विराटनगर महानगरपालिका-५ स्थित पुल्चोकमा गएराति दुर्घटनामा परेको स्कोरपिओमा ४२० किलो गाँजा फेला परेको छ ।

बा. ८ च ६५०८ नम्बरको स्कोरपिओ अनियन्त्रित भई पुल्चोक नजिकै खाल्डोमा परेको थियो । उक्त गाडी खानतलासी गर्दा सीटमुनि र डिक्कीको भागमा प्लास्टिकले बेरेर राखिएका गाँजाका ठूला पोका भेटिएको हो ।

मोरङ प्रहरी प्रमुख एसपी कविता कटवालका अनुसार बरामद गरिएको गाँजा ४२० किलो छ । गाँजा र गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताइन् ।

फरार चालक गाडीको नम्बर प्लेटका आधारमा धनीको पहिचान खोजी भइरहेको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा गाँजा ओसारपसार हुनुमा संगठित गिरोहकै संलग्नता रहेको अनुमान प्रहरीको छ ।

लागुऔषध नियन्त्रणका लागि सीमावर्ती क्षेत्र र भित्री सडकहरूमा निगरानी अझ कडा पारिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News