२०८२ फाल्गुन ६, बुधबार १८:४४

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रीत चूनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल लगाएतले निर्वाचन केन्द्रीत चूनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

सभामा कांग्रेस सभापति गगनकुमार थापाले मधेश लगाएत समग्र देश बनाउने योजनाका साथ पार्टी अघि बढेको बताउनुभयो । उहाले प्रत्येक नेपाली सम्मानित भएर बाँच्न पाउने र सपना देख्दै साकार हुन सक्ने नेपाल बनाउने उल्लेख गर्नुभयो ।

सवै नेपालीहरुलाई गौरब हुने गरिनेपाललाई विश्वले स्वाभिमानी देश भनेर चिन्ने देश बनाउने उहाले बताउनुभयो । सभापति थापाले मधेशको पहिचानमाथि गौरव गर्नेगरि स्थापीत गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । पार्टीले अघि सारेको प्रतिज्ञा सवै युवाहरुको भावनाप्रति समर्थित गर्ने उहाको भनाइ छ । उहाले हिजोको गौरबशाली दिनहरुलाई सम्झदै त्यो भन्दा पनि राम्रो दिन उदेश्यका साथ पार्टी लागेको बताउनुभयो । मधेशबाट मत भन्दा बढि मधेशी जनताको साथ, भरोसा र विश्वास चाहिएको सभापति थापाले बताउनुभयो ।

त्यस्तै उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सहि ढंगले सुशासन दिन नसक्दा भएका घटनाक्रमको गहिराईसम्म पुग्न जरुरी रहेको बताउनुभयो । उहाले अहिलेको अवस्थामा कसलाई जिताउने भन्दा पनि विषम परिस्थीतिमा देशलाई कसरी जोगाउने त्यो मूल प्रश्न भएको उल्लेख गर्नुभयो । जेनजी विद्रोहपश्चात कांग्रेस मध्यमार्गी बाटोमा रहेको भन्दै उहाले सबै खाले आग्रह र पूर्वाग्रहभन्दामाथि उठेर सुशासन स्थापित गर्ने साझा संकल्प गर्न जरुरी रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मालाई कांग्रेसमा प्रवेश गराइएको थियो । सो क्रममा शर्माले जेन–जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी भएकाले कांग्रेसमा प्रवेश गरेको उल्लेख गर्नुभयो ।

Comment


Related News