२०८२ फाल्गुन ७, बिहीबार १२:४०

हिजो घटेको सुनचाँदीको भाउ आज बढेको छ ।

हिजो १ हजार ५ सय रुपैयाँले घटेको सुन आज एकैदिन तोलामा ४ हजार ३ सय रुपैयाँले बढेर तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ सय रुपैयाँ थियो ।

यस्तै हिजो तोलामा ५ रुपैयाँले घटेको चाँदीको भाउ आज तोलामा १ सय ८० रुपैयाँले बढेर तोलाको ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ८० रुपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News