वेस्टइन्डिजले जारी टी-२० विश्वकपको समूहचरणमा शतप्रतिशत जित हासिल गरेको छ।
बिहीबार भएको समूहचरणको आफ्नो अन्तिम खेलमा वेस्टइन्डिजले इटालीलाई ४२ रनले पराजित गर्दै सबै ४ खेलमा जित निकाल्दै अपराजित रह्यो।
कोलकाताको इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनायो। उसका लागि कप्तान साइ होपले ७५ रन बनाउँदा रोस्टन चेजले २४ रन बनाए। त्यस्तै, सर्फन रुथफोर्डले २४ रन बनाउँदा म्याथ्यु फोर्डले १६ रन बनाएका थिए।
१ सय ६६ रनको लक्ष्य पछ्याएको इटाली १८ ओभरमा १ सय २३ रन बनाउँदा अलआउट भयो। उसका लागि जेजे स्मट्सले २४ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, बेन मेनेन्टीले २६ रन बनाउँदा ग्रान्ड स्टेवार्टले १२ रन बनाए। त्यस्तै, एन्थोनी मोस्काले १९ रन बनाएका थिए।
जारी प्रतियोगिता भारत, दक्षिण अफ्रिका र वेस्टइन्डिजले सबै चार खेलमा जित निकाल्दा श्रीलंका पनि त्यही लाइनमा रहेको छ। श्रीलंकाले आज आफ्नो अन्तिम खेलमा जिम्बाब्वेसँग प्रतिस्पर्धा गरिरहेको छ।


