२०८२ फाल्गुन ७, बिहीबार १७:२५

सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएको जनाएको हो । यसअघि सन २०२४ मा यस्ता घटनामा १० हजार ७ सय ३४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तथ्याङ्क अनुसार बागमती प्रदेशमा सवैभन्दा बढि र कर्णाली प्रदेशमा सवै भन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् । सन् २०२५ मा राज्यपक्षबाट २ हजार ७ सय ५ जना पीडित भएका छन् । यो संख्या अघिल्लो बर्षको तुलनामा निकै बढि हो , अघिल्लो बर्ष राज्य पक्षबाट ४ सय ५८ जना पीडित भएको तथ्याङ्क सार्वजनिक भएको थियो । त्यस्तै अन्य पक्षबाट भएका मानवअधिकार ज्यादतीका घटनाको संख्या ८ हजार ८ सय ३३ रहेको छ । अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले भाद्र २३ र २४ को घटनाका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा बृद्धि भएको देखिएको जनााएको छ । इन्सेकका पूर्व अध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा मानवअधिकारको अवस्था सुध्रिदै जानुपर्नेमा अहिलेका अवस्था हेदा स्तव्ध भएको बताउनुभयो ।

जेनजी आन्दोलनमा राज्यपक्षबाट भएको दमनका कारण पनि यस बर्ष मानवअधिकार उलंघनको घटना धेरै भएको उहाले बताउनुभयो । इन्सेकले सन् १९९२ देखि हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News