२०८२ फाल्गुन ८, शुक्रबार ०७:०४

सब–इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको चार बितिसक्दा पनि आरोपित पक्राउ नपरेको भन्दै सिरहामा स्थानीय जनता आक्रोशित भई प्रदर्शनमा उत्रेका छन ।

यादवको गृहजिल्ला धनगढीमाई बजारमा बिहीबार स्थानीयले महेन्द्र राजमार्ग केहि समयका लागि अवरुद्ध गर्दै चक्काजाम गरेका छन् । प्रदर्शनकारीहरूले मृतक परिवारलाई न्याय दिलाउन, घटनाको छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । उनीहरूले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा पनि मागेका छन् । स्थानीय न्याय नपाए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी रहेको र संलग्न व्यक्तिको खोजी भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News