शैक्षिक सत्र २०८२ का लागि आधारभूत तह उत्तीर्ण (कक्षा ८) को वार्षिक परीक्षा तालिका जनकपुरधाम उपमहानगरपालिकाले सार्वजनिक गरेको छ ।
आधारभूत तह उत्तीर्ण परीक्षा समितिको फागुन ६ गतेको निर्णय अनुसार परीक्षा आगामी चैत ८ गतेदेखि सञ्चालन हुने जनाइएको छ । नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनामा परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
सामुदायिक तथा संस्थागत विद्यालयका सबै विद्यार्थीहरूका लागि लागू हुने गरी तालिका सार्वजनिक गरिएको हो । तालिकाअनुसार चैत ८ गते गणित विषयबाट परीक्षा सुरु हुनेछ ।
चैत ९ गते सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा, चैत १० गते अंग्रेजी, चैत १२ गते विज्ञान तथा प्रविधि र चैत १५ गते नेपाली विषयको परीक्षा सञ्चालन गरिनेछ । त्यसैगरी, चैत १६ गते साधारणतर्फ स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कला विषयको परीक्षा हुनेछ भने संस्कृत तर्फ संस्कृत भाषा तथा व्याकरणको परीक्षा हुनेछ ।



