२०८२ फाल्गुन १२, मंगलवार ०७:३८

रौतहटको सदरमुकाम गौरमा दुई समुदायबीच भएको झडप सेलाउन नपाउँदै वीरगञ्जमा समेत फैलिएको छ । गौरमा आइतबार भएको सहमति कार्यान्वयन नभएपछि अबेर साँझ अर्को सहमति गरी सोमबार सद्भाव ¥याली निकालियो । तर अर्कोतर्फ पर्साको वीरगञ्जमा भने दुई समुदायको विवादले उग्र रुप लिएपछि अवस्था तनावपूर्ण बनेको थियो ।

सो अवस्थालाई मध्यनजर गर्दै सोमबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकबाट तीन बुँदे सहमति गरी कफ्र्यु आदेश हटाइएको छ । त्यस्तै गौर नगरपालिका–६ स्थित सवगढामा भएको दुई समुदायबीचको दंगा भड्काएको आरोपमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले जनाए अनुसार जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैद र वडा नम्बर ६ का वडाध्यक्ष अवधविहारी साहलाई आवश्यक परेको बेला उपस्थित गराउने शर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप वस्यालले जानकारी दिएअनुसार गएको शनिबार सबगढा घटनालाई उक्साउँदै तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई थप पक्राउ गरिएको छ । डिएसपी वस्यालका अनुसार दुई जनासहित २२ जनाविरुद्ध मुद्दा दर्ता भइ प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाइएको छ । जिम्मा जमानीमा रिहा गरिएका जमशैद, वडाध्यक्ष विहारीसहित तीन जनाको मोबाइल प्रहरी नियन्त्रणमा लिइएको र मोबाइल परीक्षणका लागि काठमाडौँ पठाइने तयारी गरिएको छ ।

परीक्षणका क्रममा दोषी ठहर हुने प्रमाण फेला परेमा सोही कसुर अनुसार पुनः नियन्त्रणमा लिएर कारबाही गरिने रौतहट प्रहरीले जनाएको छ । सुरक्षा निकायले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य निरन्तर जारी रहेको जनाएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

प्रहरीका अनुसार मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहमतुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहमद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफलगायत रहेका छन् ।

Comment


Related News

Latest News

Trending News