अपडेट 
२०७७ बैशाख २०, शनिबार १३:२९

लाहन । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा लहान नगरपालिकाको विकट उत्तरवर्ती गाउँका विपन्न तथा गरिब परिवारलाई एक दम्पतीले राहत वितरण गरेका छन् ।

लहान निवासी महेश चौधरी र सङ्गीता कर्माचार्यले वडा नं १६ स्थित तरेगना, आरी दमाड़, भसुवा, डुमरे र देउराली गाउँका ती परिवारलाई आज राहत वितरण गरेका हुन् ।

विकट गाउँ भएकै कारण स्थानीय सरकारले हालसम्म राहत वितरण गर्न नसकेको जानकारीका आधारमा ती गाउँका १०० परिवारलाई राहत वितरण गरेको चौधरीले जानकारी दिनुभयो ।

यहाँस्थित एपोलो ॐ स्कूलका सञ्चालक चौधरी र नेपाल महिला सङ्घका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल एक केजी, मटर एक केजी, नुन एक केजी र आलु एक केजीका दरले राहत गर्नुभएको हो ।

ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् । विपन्न परिवारलाई सिरहाको विष्णुपुर गाउँपालिकाले राहत वितरण गर्ने अभियानको शुरुआत गरेको छ ।

गाउँपालिकाले वडा नं १ बाट राहत वितरण शुरु गरेको र पाँचवटै वडाका एक हजार ५०० विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी दिनुभयो ।

प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक लिटर खानेतेल, एक किलो चिनी र दुईवटा हात धुने साबुनको प्याकेट बनाएर वितरण गरिरहेको उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News