२०८२ फाल्गुन १३, बुधबार ०८:०१

जनकपर— जयनगर रेल्वे ट्रयाक नजिक क्रसिँग ठाउँको आसपास सडकमा देखिएका खाल्डाखुल्डी तत्काल मरम्मत सम्भार गर्न भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले आग्रह गरेको छ ।

निर्देशनालयले नेपाल रेलवे कम्पनीलाई जनकपुर–जयनगर रेल्वे ट्र्याकको विभिन्न क्रसिङ क्षेत्रमा सडक बिग्रिएको र सवारी आवतजावतमा समस्या भएको भन्दै जनगुनासो बढेको भन्दै पत्राचार गरेको छ । पत्रमा नेपाल रेलवे कम्पनीलाई तत्काल मर्मत सम्भव नभए निर्देशनालयलाई मरम्मत सम्भार कार्य गर्न सहमति प्रदान गर्न अनुरोध समेत गरेको छ ।

निर्देशनालयका अनुसार मुख्य रूपमा चार स्थानमा सडक क्षति देखिएको छ । ती मध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिको सडक, मिल्स एरियाबाट बेंगाशिवपुर जाने सडक, थापा चोकदेखि दक्षिण बाह्र विघा जाने र पिराडी चोकबाट रामानन्द चोक जाने सडक मरम्मत सम्भार गर्नुपर्ने अवस्था रहेको छ ।

स्थानीयले रेल क्रसिङ आसपास सडकमा खाल्डाखुल्डी भएको कारण पटक पटक दुर्घटना हुँदै आएको सवारी साधन आवात जावतमामा समेत समस्या हुने गरेको छ । स्थानीयले पटक पटक प्रदेश सरकारविरुद्ध मरम्मत सम्भारको माग गर्दै आन्दोलन गर्दै आएको छ । निर्देशनालयका निमित निर्देशक दिपेन्द्र कुमार चौधरीले भने रेलवे ट्रयाक वा वरिपरिको क्षेत्र मरम्मत सम्भार गर्न सक्ने क्षेत्राधिकार प्रदेश सरकार मातहत नभएको कारण पटक पटक दुर्घटना हुँदै आएपनि हामीले केही गर्न सकेका छैनौं ।

हाम्रो क्षेत्राधिकारमै नरहेको अवस्था स्थानीयले प्रदेश सरकारविरुद्ध आन्दोलन गर्दै आएकोमा नेपाल रेलवे कम्पनीसँग मरम्मत सम्भार आफै गर्न वा नभए हामीलाई सहमति प्रदान गर्न भनेका छौं । मधेश प्रदेश सरकारको प्रशासनिक केन्द्र मधेश भवन जाने मूल बाटो नै रेलवे ट्रयाक पार गर्नुपर्छ । मुख्यमन्त्री कार्यालय अगाडि नै ट्रयाक नजिक खाल्डाखुल्डी भएको कारण दिनहुँ स—साना सवारी दुर्घटना हुँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News