२०८२ फाल्गुन १५, शुक्रबार ०७:०१

धनुषा ३ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले आफू जित्ने निश्चित हुन थालेपछि विपक्षी दलहरूसँग ठोस एजेण्डा नभएकाले आफू विरुद्ध झुट प्रचार गर्न लागेको आरोप लगाएकी छन् ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका–५ मा आयोजित घरदैलो अभियानको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले मतदाताको आफूप्रति देखिएको रुझान र उत्साहले विपक्षी उम्मेदवारहरु हौसिंएका छन । आफू जित नजिक पुग्न थालेपछि प्रतिस्पर्धामा नरहेको भन्दै गलत अफवाह फैलाउन लागेको बताइन ।

मतदाताबाट प्राप्त माया, साथ र उत्साहले आफ्नो जीत सुनिश्चित बन्दै गएको देखेर विपक्षीले मतदाताहरुमा भ्रम फैलाउने प्रयासमा लागेको उनको भनाइ थियो । महतोले आफू प्रतिनिधिसभा सदस्यका रूपमा बिताएको तीन वर्षमा क्षेत्रका लागि विभिन्न योजना ल्याएको दाबी गर्दै ती योजनाहरूलाई पूर्णता दिन मतदातासँग पुनः मत मागिरहेको बताइन् ।

ती योजनाहरू सम्पन्न गर्न धनुषा–३ का मतदाता आफूलाई नै समर्थन गर्नेमा विश्वस्त रहेको उनले उल्लेख गरिन् । उनले एमालेको मुख्य एजेण्डा संविधानको रक्षा र राष्ट्रिय स्वाधीनता रहेको भन्दै आफ्नो चुनावी प्रतिबद्धता पनि सोही विषयमा केन्द्रित रहेको बताइन् ।

साथै, जनकपुरधामको विकासमा एमाले नेतृत्वको सरकारले गरेका कामबारे मतदाता स्पष्ट रहेको र त्यसले आफूलाई थप विश्वास मिलेको उनको दाबी थियो ।

घरदैलो अभियानकै क्रममा उम्मेदवार महतोलाई बिहीबार धनुषा–३ को नगराइन र क्षेत्रका अन्य क्षेत्रमा मतदाताहरुले माला र दोसल्ला ओढाई जितको शुभकामना दिएका छन् ।

Comment


Related News

Latest News

Trending News