२०८२ फाल्गुन १८, सोमबार ०६:२२
होली पर्वको अवसरमा जनकपुरधाममा आयोजना हुने महामुर्ख सम्मेलनमा यस वर्ष महामुर्खको उपाधी मधेसका सभामुख रामअशिष यादवलाई प्रदान गरिएको छ ।
उनलाई प्रशस्ती पत्र, तरुलको मालाले सुशोभित गरी सम्मान गरियो । सम्मेलनमा राकेश कर्णलाई वैशाखानन्द, विभा झालाई तिलबिखनी, विपिनकुमार झा लबरसटका, हिमांशु चौधरी जी हजुरी, दिगम्बर झा दिनमणि पोंगा पण्डित, विश्वलाल सिंह पटमुर्ख, अञ्जु पाण्डे मनतोरिया, विजय राउत विषखोपरा र संचारकर्मी दीपक कर्णलाई लम्बोदरको उपाधीले सम्मान गएिको छ ।
सो सम्मेलनमा सहभागी कविहरुले आ–आफ्नो कविताको माध्यले विभिन्न विषयवस्तु माथि कटाक्ष समेत गरेका थिए । यसअघि शनिवार होरैया महोत्सव सम्पन्न गरिसकेको छ ।


