२०८२ फाल्गुन १९, मंगलवार १७:२७

राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यको शपथ फागुन २५ गते हुने भएको छ। फागुन २५ गते कानून, न्याय तथा मानव अधिकार समितिको हल, सिंहदरबारमा शपथ कार्यक्रम हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

नवनिर्वाचित सांसदहरूको शपथ दिनको २ बजे हुनेछ। शपथ कार्यक्रममा एक घण्टा अगावै औपचारिक वा आफ्नो पहिचान झल्कने पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एक-एकप्रति सहित उपस्थिति हुन आग्रह गरिएको छ ।

राष्ट्रिय सभाको निर्वाचन गत माघ ११ गते भएको थियो।

Comment


Related News

Latest News

Trending News