अपडेट 
२०७७ बैशाख २१, आईतवार ०८:१६

काठमाण्डु । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सचिवालयको बहुप्रतिक्षित बैठकमा प्रधानमन्त्री केपी शर्माले गरेका गल्तीहरुका लागि आत्मलोचनागर्दै बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई समान हेैसियतमा राखेर तत्कालका लागि खतरा टारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले उपयुक्त समयमा बामदेव गौतमलाई प्रतिनिधि सभामा लगिने निर्णय गरेको छ । पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णयपनि बैठकले गरेको छ ।त्यसको तयारीका लागि २४ गते दिउँसो ३ बजे पूनःसचिवालय बैठक बस्ने बताइएको छ ।स्थायी कमिटीका २० जना सदस्यले लिखित रुपमा बैठक बोलाउन माग गरेका थिए ।

ओली पक्षले स्थायी कमिटीको बैठक टार्न खोज्ने र प्रचण्ड–माधव पक्षले बैठक गराउन खोज्ने रस्साकसीकै वीचमा ओली समूह एक कदम पछाडि हटेको छ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटीमा प्रचण्ड–माधव समूहको बहुमत छ ।

विगतको बैठकहरु भन्दा फरक ढंगले सचिवालयमा स्थान राखिएको थियो ।सचिवालय सदस्यहरुसँगै बस्दै आएका प्रचण्डलाई पहिलो पटक ओलीले आफ्ु जस्तैको आसन आफ्नै छेउमा दिएका थिए ।

‘ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गर्नुभयो’ प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायण काजी श्रेष्ठले भने, बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उमेद्ववार बनाउन पहल गर्ने निर्णय गरेको छ ।यस अघि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय भएको थियो ।तर ओलीले त्यो कार्यान्वयन गरेनन् ।अब राष्ट्रिय सभामा युवराज खतिवाडा जाने निश्चित भएकोछ ।

‘अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमिकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएकोछ’ श्रेष्ठले भने, पार्टी एकतालाई रक्षा गर्ने , सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।

शुक्रवार सम्म ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नु पर्ने अडानमा रहेका प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु बैठकमा बिल्कुल फरक ढंगले प्रस्तुत भएको एकजना नेताले बताए ।

दिउँसो ४ बजे बोलाइएको सचिवालय बैठकलाई रोकेर ओलीले वामदेव गौतमसित एक्लै भेंटवार्ता गरेका थिए ।त्यसपछि उनी करिब ३५ मिनेट राष्ट्रपति विद्यादेवी भण्डारीसित भेंट वार्ता गरेका थिए ।वैठक सुरु हुनु अगाडी उनले प्रचण्डसितपनि एक्लै भैंटवार्ता गरेका थिए ।

सचिवालय समितिमा समेत अल्पमतमा परेका ओलीले बिहिवारको बैठकलाई अनिर्णित राखेका थिए ।त्यसबीचमा राष्ट्रपति विद्या देवी भण्डारीले चिनिया समकक्षीसित वार्ता गरेपछि नेपालस्थित चिनिया राजदूतको सकृयता अत्यधिक बढेको थियो ।

Comment


Related News

Latest News

Trending News