अपडेट 
२०७७ बैशाख २१, आईतवार ०९:२३

रौतहट । रौतहटमा लकडाउनका कारण पशुपालन व्यवसाय संकटमा परेको छ ।
सरकारले लकडाउनको समय लम्ब्याएपछि पशुपालन व्यवसायका लागि आवश्यक दाना, भुसा, पराल लगायतका कुराहरु जोहो गर्न मुस्किल हुदै गएकोले पशुपालक कृषक मर्कामा परेका हुन् । लकडाउन थपिएसंगै दाना, भुसा, पराल लगायत आपुर्तिमा समस्या आएपछि गाईपालन व्यवसाय संकटमा परेको कृषकहरुको भनाई रहेको छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ बेल्डिका कृषक दिनानाथ शार्माका अनुसार,पशुपालन व्यवसाय गर्न आबश्यक कुराहरु आपुर्ति गर्न असहज भएपछि पशुहरुलाई फुकाएर छोड्ने स्थितिमा पुगेका छौ । लकडाउनले दाना पराल ल्याउन नपाएपछि पशुहरुलाई बचाईराख्न र उत्पादित दुधको व्यवस्थापन गर्न मुख्य समस्याको भएको छ ।

शर्माले भने पशुहरुलाई खोराकको कमिले स्वास्थ्यमा प्रतिकुल असर पर्नुको साथै दुध उत्पादनमा पनि कमि आएको छ भने उत्पादित दुधको व्यवस्थापन पनि हुन सकेको छैन ।
चन्द्रपुर वडा नम्बर ८ का अर्का पशुपालन कृषक थानेश्वर पहाडीले भने ‘नेपाल सरकारले मान्छेहरुका लागि राहतको सुविधा गरे जस्तै पशुपालन व्यवसायको लागिपनि केहि राहत व्यवस्थ गरे भने ठिकै हो । होइन भने फुकाउने छोड्ने भन्दा विकल्प छैन हाम्रो ।
पहाडीका फाममा गाईभैंसी गरी ८ वटा पशु रहेको छ ।

दाना,भुसा,पराल,ढुटोको अभावमा पशुहरुको खुराकको मात्रा घटाउँदा दुध उत्पादनमा पनि कमि आएको छ । त्यही दूधको पनि बजार व्यवस्थापनको समस्या भोग्नुपर्दा पहाडी चिन्तित छन् ।
उनले भने “लकडाउन अझ लम्बियो भने धेरै प्रतिशत मान्छेहरु यो व्यवसाय छोडेर भाग्नुपर्ने स्थिति छ । बैकको लोनले डुब्ने स्थिति छ । घर घडेरी, जग्गा जाने स्थिति छ । व्यवसाय नै चौपट हुन्छ । सरकारले बेलैमा ध्यान देओस् ।”

अन्य व्यवसाय जस्तो सटर बन्द गरेर हिड्न मिल्ने व्यवसाय नभएकाले पशुपालक कृषकको लगानी डुब्न नदिन सरकारले दाना र दुधको व्यवस्थापनको प्रबन्ध मिलाउनुपर्नेमा पडाडीले जोड दिएका छन् । पशुहरुलाई दाना अभावमा आधा पेट खुवाएर राख्दा त्यसले दिर्घकालिन उत्पादनमा असर पर्ने पहाडीले बताए ।

अर्का कृषक कृष्णहरी दाहालले लकडाउनको समयमा सरकारले सबैलाई राहतको व्यवस्था गरेपनि पशुपालकका समस्या सम्बोधन नगरेको गुनासो गरे ।उनले भने “हाम्रो व्यवसाय नडुबोस् । दाना, पीठो,चोकर चाही ल्याउन पाईयोस् । खुवाउन पाईयोस् । त्यत्तिचाही खुल्ला गरिदिए हुन्थ्यो । हाम्रो व्यवसायलाई रोकावट नगरि निरन्तर गर्न पाए हुन्थ्यो ।”

Comment


Related News

Latest News

Trending News