२०८२ फाल्गुन २५, सोमबार १४:१३
हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ पनि तीन लाख मत कटाएको छ।
निर्वाचन आयोगले सार्वजजनिक गरेको पछिल्लो विवरणअनुसार श्रम संस्कृति पार्टीले अहिलेसम्म तीन लाख ४ हजार ३६६ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ प्राप्त मतमा श्रम संस्कृति नेकपाभन्दा पछि पाँचाैँ स्थानमा छ।
प्रत्यक्षमा १२४ सिट जितिसकेको रास्वपाले समानुपातिकतर्फ अहिलेसम्म ४१ लाख ६५ हजार भन्दा धेरै मत प्राप्त गरेको छ।
त्यसैगरि कांग्रेसले १३ लाख ९२ हजार मत प्राप्त गर्दा एमालेले ११ लाख ७६ हजार भन्दा धेरै मत पाएको छ।
राप्रपाले समानुपातिकमा २ लाख ८२ हजारभन्दा धेरै मत प्राप्त गर्दा जसपाले १ लाख ३२ हजार र रापपाले १ लाख २६ हजार मत पाइसकेका छन्।



