२०८२ फाल्गुन २५, सोमबार १५:४३

संघीय संसद अन्तर्गत राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनियताको सपथ गराइएको छ ।

सोमबार सिंहदरबारमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो ।

सपथपछि अध्यक्ष दाहालले नवनिर्वाचित सदस्यलाई संसदको लोगो प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिनुभएको थियो । गत माघ ११ गते राष्ट्रियसभाका १८ सदस्यका लागि निर्वाचन भएको थियो ।

निर्वाचनमा कोशी प्रदेशबाट रोश्नी मेचे, सोमनाथ पोर्तेल, सुनिलबहादुर थापा, मधेस प्रदेशबाट रेखाकुमारी झा, धर्मेन्द्र पासवान, रन्जित कर्ण र महन्थ ठाकुर निर्वाचित हुनभएको थियो ।

त्यस्तै त्यसैगरी बागमती प्रदेशबाट गीता देवकाटा र प्रेमप्रसाद दङ्गाल निर्वाचित हुनुभएको थियो भने गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, चन्द्रबहादुर केसी र वासुदेव घिमिरे निर्वाचित हुनुभएको थियो ।

त्यसैगरि कर्णाली प्रदेशबाट मीनासिंह रखाल र ललितजङ्ग शाही तथा सुदूरपश्चिमबाट लीलाकुमारी भण्डारी र खम्मबहादुर खाती निर्वाचित हुनुभएको थियो ।

५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।

Comment


Related News

Latest News

Trending News